१६ असार २०८३, मंगलबार

नेपाल भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्रीले आज द्विपक्षीय वार्ता गर्ने

बैशाख १०, २०८२
काठमाडौं
नेपाल भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्रीले आज द्विपक्षीय वार्ता गर्ने

नेपालको दुई दिने भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपालमा रहँदा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी मंगलबार नेपाल आइपुगेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले स्वागत गरेका थिए । 

उपप्रधानमन्त्री नाह्यानका साथ यूएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र यूएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् ।

उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न यूएई प्रस्थान गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्