
आज बुधबारदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने भएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन आजदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए ।
पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।
महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २२ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।