१६ असार २०८३, मंगलबार

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

बैशाख १०, २०८२
डोटी
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक भीमदत्त राजमार्गअन्तर्गत गोल्डेनमा आज बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा चालक अर्जुन धामीको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए । 

उनका अनुसार मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्