२२ असार २०८३, सोमबार

बागमती प्रदेशले लक्ष्यअनुरूप राजस्व उठाउन सकेन

बैशाख १०, २०८२
काठमाडौं
बागमती प्रदेशले लक्ष्यअनुरूप राजस्व उठाउन सकेन
फाइल तस्वीर

बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीहरूले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो । 

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने अनुमान गरिएकामा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँमात्र सङ्कलन भएको छ ।  

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा रु तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार सङ्कलन भएको छ । 

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा रु सात अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र सङ्कलन भएको छ । 

मूल्य अभिवृद्धि कर (भ्याट)बापत आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब ९२ करोड ४१ लाख २१ हजारमात्र असुली भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्