११ असार २०८३, बिहीबार

युक्रेनमा बसमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

बैशाख १०, २०८२
काठमाडौं
युक्रेनमा बसमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

थप दर्जनौं घाइते भएका छन् । 'दक्षिणपूर्वी शहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो,' गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन्,' 'घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।'

उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए ।

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् ।

किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ ।

रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्