०५ साउन २०८३, मंगलबार

कश्मीरको आतंकवादी हमलामा मारिएका सुदीपको अन्त्येष्टि

बैशाख ११, २०८२
बुटवल
कश्मीरको आतंकवादी हमलामा मारिएका सुदीपको अन्त्येष्टि

घुमफिरका लागि परिवारसहित भारतको जम्मू-कश्मीर पुगेका बेला पहलगाममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ ।

पश्चिम नवलपरासीस्थित बिहीबार त्रिवेणी धाममा उनको अन्त्येष्टि गरिएको हो । मंगलबार मृत्यु भएका सुदीपको शव बिहीबार बिहान घर रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ ल्याइएको थियो ।

सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी दिए । 

बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । 

आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । 

आतंकवादी आक्रमणका बेला आमा, बहिनी र ज्वाइँ  भागेर बाँच्न सफल भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्