०५ साउन २०८३, मंगलबार

क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ: महामन्त्री थापा

बैशाख ११, २०८२
काठमाडौं
क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ: महामन्त्री थापा

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् । 

लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए । पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिएका हुन् । 

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उनले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । 

शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो । 

कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिए । 

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्