२९ जेठ २०८३, शुक्रबार

सरकार र शिक्षकबीच भोलि बिहान वार्ता हुने

बैशाख १२, २०८२
काठमाडौं
सरकार र शिक्षकबीच भोलि बिहान वार्ता हुने

सरकारले आन्दोलनरत शिक्षकसँग भोलि वार्ता गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान  ७:३० बजे वार्ता हुने जानकारी दिएको हो ।

'वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आव्हान भएबमोजिम मिति २०८२/१/१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/१/१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२/१/१३ गते बिहान ७:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरु उपस्थित भइदिनु हुन मन्त्रालय हार्दिक आव्हान गर्दछ ।'

सहसचिव युवराज पौडेलद्वारा जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेका उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्