२८ जेठ २०८३, बिहीबार

अमेरिकामा न्यायाधीश पक्राउ

बैशाख १२, २०८२
काठमाडौं
अमेरिकामा न्यायाधीश पक्राउ

अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ गरेको समाचार छ।  आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

मिल्वाकी काउन्टी सर्किटकी न्यायाधीश हान्ना डुगानले अप्रिल १८ मा अदालतमा उपस्थित एक व्यक्तिलाई आप्रवासन अधिकारीहरूले पक्राउ गर्न खोज्दा सहयोग नगरेको आरोप छ ।  उल्टै उक्त व्यक्तिलाई 'जुरी ढोका' बाट बाहिर निस्कन अनुमति दिएर पक्राउबाट जोगाउन प्रयास गरेको आरोप उनीमाथि छ।

यस घटनालाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अपनाएको आप्रवासन नीतिसँग स्थानीय अधिकारीहरूको मतभेदको संकेतको रूपमा लिइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्