१२ असार २०८३, शुक्रबार

पहलगाम आतंवादी हमलाको विरुद्धमा नेपाल भारतको पक्षमा दृढ छ– सांसद चौधरी

बैशाख १५, २०८२
काठमाडौं
पहलगाम आतंवादी हमलाको विरुद्धमा नेपाल भारतको पक्षमा दृढ छ– सांसद चौधरी

सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले आतंकवादविरुद्धको लडाइमा नेपाल सदैव भारतको पक्षमा रहेको बताएकी छिन् । काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको नेपालले निन्दा र भर्त्सना गरेको उनले बताइन् । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद चौधरीले नेपाली नागरिक सुदीप न्यौपानेसहित सहित २६ जना निशस्त्र र निर्दोष व्यक्तिलाई गरिएको हत्या आतंकवाद बाहेक अरु केही हुन नसक्ने बताएकी हुन् । 

‘आतंकवादले मानवतालाई सधैं क्षति पुर्‍याउने गरेको छ । आतंकवाद विरुद्धको लडाइमा नेपाल सधैं भारतसँग छ । यसपटक पनि नेपाल भारतको पक्षमा दृढ उभिएको छ’ चौधरीले भनिन् । धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मको विरोध भएको उनले बताइन ।  

समयमै नियन्त्रण नगर्ने हो भने आतंकवाद जताततै फैलिने खतरा रहेको भन्दै चौधरीले भनिन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू यस्ता आपराधिक गतिविधि गर्नेलाई छाड्नु हुँदैन । यस्तो आतंकवादलाई कहिले पनि छाड्न हुँदैन । नेपाल सरकार र नेपाली जनता भारतीय जनताको साथमा छ ।’

सांसद चौधरीले नेपाल भारत सीमा क्षेत्रमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताइन् । ‘दुवै देशको जनता र नागरिकको सुरक्षाका लागि नेपाल–भारत १८ सय ५० किमी खुला सीमामा विशेष ध्यान र सुरक्षा बढाउन जरुरी छ’ नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहेकी सांसद चौधरीले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्