१६ असार २०८३, मंगलबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बैशाख १५, २०८२
काठमाडौं
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ, जुन आइतबारको तुलनामा १ हजार ४०० रुपैयाँले कम हो।

आइतबार सोही सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको १ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्