११ असार २०८३, बिहीबार

प्रदेशसभा उम्मेदवारको गाडीमा कसले गर्‍यो आगजनी ?

मंसिर १४, २०७४
प्रदेशसभा उम्मेदवारको गाडीमा कसले गर्‍यो आगजनी ?

कैलाली, १४ मंसिर- कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजीे सवारी साधनमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ । 

वाम गठबन्धनबाट उम्मेदवार थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नं को जीपमा आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । आगजनी कसले ग¥यो भन्नेबारे थाहा हुन नसकेको बताउँदै प्रहरी नायब उपरीक्षक बुढा मगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जनाउनुभयो । आगजनीबाट जीपको पूरै भाग जलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्