११ असार २०८३, बिहीबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मानार्थ विद्यावारिधि प्रदान

मंसिर १४, २०७४
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं, १४ मंसिर – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेसनल अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

 सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा विश्व विद्यालयले आयोजना गरेको विशेष समारोहमा उक्त उपाधि प्रदान गरेको हो । 

विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको इन्टरनेसनल अमेरिकन विश्वविद्यालयले व्यवस्थापन संकायको सिफारिसमा द ट्रस्टीज अफ इन्टनेसनल विश्वविद्यालयले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नेपाली समाजमा गरेको विशिष्ट योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको उक्त विश्वविद्यालयले जनाएको छ । 
मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्न २०७४ मंसिर ७ गते अमेरिका प्रस्थान गर्नुुभएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले उपाधि वितरण समारोहमा सम्बोधन गर्दै आफूलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रसन्नता व्यक्त गर्नुका साथै मानवताको प्रवद्र्धनमा सो विश्वविद्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुुभएको थियो ।

साथै, उहाँले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सँधै रहने र असल शिक्षाबाट नै समाजको् रुपान्तरण गर्न विश्वका विकसित देशहरु सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुुभएको थियो । सम्बोधनकै क्रममा पूर्वअध्यक्ष रेग्मीले समाजबाट आफूले के प्राप्त गर्न सकिन्छ भन्ने भन्दापनि आफूले समाजलाई के योगदान गर्न सकिन्छ भन्ने मान्यताबाट अग्रसर हुन सकेमा नै आफ्नो र समाजको पनि भलो हुन्छ भन्दै विश्वमा मानवीय सेवाको विस्तारको कार्यलाई विशेषरुपमा प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिनुुभयो ।

साथै, उहाँले नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन गराउन गठित सरकारको नेतृत्व गर्दाको चुनौतीपूर्ण घडीमा आफूले गरेको कार्यको अनुुभव समेत सम्बोधनका क्रममा सुनाउनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्