१७ असार २०८३, बुधबार

बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

बैशाख १५, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५  की ३३ वर्षीया नेहा अधिकारी रहेकी छन् । उनलाई आइतबार सोही ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनीविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी  जारी भइसकेको थियो । 

उनीविरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अधिकारीले एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेको उजुरी परेको छ। 

पक्राउ परेकी अधिकारीलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्