२६ जेठ २०८३, मंगलबार

रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

बैशाख १५, २०८२
काठमाडौं
रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ  रथारोहण गराएका हुन्। 

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्