
चिकित्सक संघ अझै आन्दोलनमै रहेको छ । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेकाले आन्दोलन आज पनि जारी रहेको नेपाल चिकित्सक संघको भनाइ छ ।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको संघको भनाइ छ ।
यस्तै, संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोहि समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ ।