१२ साउन २०८३, मंगलबार

रसियाको उलान उदे शहरका मेयर ललितपुरमा

बैशाख १६, २०८२
ललितपुर
रसियाको उलान उदे शहरका मेयर ललितपुरमा

रसियाको उलान उदे शहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर आएका छन् । ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको उलान उदे शहरका नगर प्रमुख आफ्नो प्रतिनिधिमण्डलसहित आएका हुन् । 

उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे । 

ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिनाअघि उलान उदे शहर पुगेको स्मरण गर्दै दुई शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने बताए । उनले भने, 'कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ , ‘हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ डेढ महिनाअघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डलसहित रसिया गएका थिए । 

उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई शहरबीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको प्रष्ट पारे । 

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे । ललितपुर महानगर प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रसियाको उदान उदे शहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताए । 

भगिनी सम्बन्ध (सिस्टर सिटी)को अर्थ नेपालीमा अर्थात् नेपालमा पारिवारिक सम्बन्ध भएको प्रष्ट पार्दै नगर प्रमुख महर्जनले भने, ‘अब हाम्रो दु:ख सुख साझा भए, दु:ख पर्दा पनि बाडौलाँ , सुख पनि बाडौलाँ । ’

null

विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथयात्राको पूर्वसन्ध्या भगिनी सम्बन्ध कायम भएको शहरका मेयर ललितपुर महानगर आउनु महत्वपूर्ण भएको उनले प्रष्ट पारे । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम भएको खुशी व्यक्त गरिन् । उनले भनिन् , ‘हाम्रो सम्बन्ध धेरै पुरानो हो, रसियाबाट अनुसन्धानका लागि विद्धानहरू नेपाल आउने, नेपालीहरू पढ्न रसिया नेपाल जाने क्रम धेरैअघि देखिको हो । ’ 

बज्राचार्यले सम्पदा, संस्कृति, प्रविधिसँगसँगै अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रमलाई अघि बढाउन सकिने बताइन् । उनले भनिन् , ‘अन्य असल अभ्याससँगसँगै , विद्यार्थी आदान प्रदानले अपनत्व बढाउँछ , यो प्रभावकारी हुन्छ । ’

उलान उदे सहरमा नगर प्रमुख इगोर सुतेनकोभले रसिया र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउँदै ललितपुर र उलान उदे शहरबीचको भगिनी सम्बन्धले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्ने बताए । 

विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रम निकै प्रभावकारी हुने उनले प्रष्ट पारे । 
उनले भने, ‘चिकित्सा शिक्षा, कृषि विज्ञानलगायत क्षेत्रमा हामी काम गर्न सक्छौं । ’ उनले अन्य असल अभ्यास पनि आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

ललितपुरको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै ललितपुरमा रहेका ऐतिहासिक मन्दिर आफूलाई एकदमै राम्रो लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्