०५ असार २०८३, शुक्रबार

‘बजाज ग्रान्ड कार्निभल’ : उच्चतम भ्यालुएसन, सरल फाइनान्सको सुविधा

बैशाख १६, २०८२
काठमाडौं
‘बजाज ग्रान्ड कार्निभल’ : उच्चतम भ्यालुएसन, सरल फाइनान्सको सुविधा

​बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।

कम्पनीले यही वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागेको ‘बजाज ग्रान्ड कार्निभल’मार्फत ग्राहकहरूले २०+ भ्यालुएटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुएसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ ।

साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहकहरूका लागि गेम जोन, टेस्ट राइड पनि रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको वृहत् ठूलो मोटरसाइकल एक्सचेन्ज योजना हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्