०६ असार २०८३, शनिबार

संगीतकर्मी लामाको उपचारमा प्रेम आलेको सहयोग

बैशाख १७, २०८२
काठमाडौं
संगीतकर्मी लामाको उपचारमा प्रेम आलेको सहयोग

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले सङ्गीतकर्मी सङ्घ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अमर लामाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । 

लामो समयदेखि बिरामी भई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत लामालाई हिजो अस्पतालमै गएर भेटगरी आलेले २५ हजार सहयोग गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

डोटीको बडीकेदार गाउँपालिका–३, देवलका लामा लोक तथा दोहोरी गायक हुन् । गत चैत १७ गतेदेखि कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भई निरन्तर उपचाररत उनलाई वैशाख १४ गते काठमाडौं ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्