०९ असार २०८३, मंगलबार

सिरियामाथि गम्भीर आरोप :  लेबनानका प्रधानमन्त्रीले भने- हत्या गर्न खोजियो

मंसिर १४, २०७४
सिरियामाथि गम्भीर आरोप :  लेबनानका प्रधानमन्त्रीले भने- हत्या गर्न खोजियो


बेरुत, १४ मङसिर - लेबनानका प्रधानमन्त्री साद हरिरिले सिरियाली सरकारले आफ्नो हत्या गर्न खोजेको आरोप लगाउनु भएको छ । 

उहाँले आफ्ना पिताको पनि सिरियाली सरकारले नै हत्या गरेको र आफ्नो पनि उनीहरुले हत्या गर्न खोजेको फ्रान्सको पत्रिका पेरिस म्याचलाई दिएको अन्तर्वार्तामा बताउनु भएको हो । 

बिहीबार प्रकाशित पत्रिकामा उहाँले भन्नुभएको छ, “मेरा थुप्रै शत्रुहरु छन्, अतिवादीहरु र सिरियाली सरकार पनि शत्रुका रुपमा रहेका छन् ।” 

उहाँका पिता तथा पुर्व प्रधानमन्त्री रफिक हरिरिको पनि सन् २००५ मा कार बम हमला गरेर हत्या हुनुको पछाडी सिरियाकै हात रहेको उहाँको भनाई छ । हरिरिको आरोपलाई सिरियाले भने अस्वीकार गर्दै आएको छ । 

आफ्नो हत्या हुन लागेको भन्दै उहाँले केही हप्ता अगाडि भ्रमणमा रहेकै वेला साउदी अरबबाट प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । घोषणा गरेको झण्डै तीन हप्तापछि उहाँ स्वदेश फर्किनु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्