२४ जेठ २०८३, आइतबार
दु:खद खबर

कीट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला

बैशाख १८, २०८२
काठमाडौं
कीट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।

बिहीबार साँझ नेपाली विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको त्यहीँ अध्ययनरत एक विद्यार्थीले बताए । छात्रा पर्साको वीरगन्ज निवासी भएको बताइएको छ । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ । 

केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो । उनले उक्त विश्वविद्यालयको होस्टलमा आत्महत्या गरेपछि विश्वविद्यालयबाट भएको व्यवहारको नेपाल र भारतमा समेत चर्को विरोध भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्