२४ जेठ २०८३, आइतबार
सरकारको नीति तथा कार्यक्रम

विद्यार्थीले हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्न पाउने व्यवस्था गरिने

बैशाख १९, २०८२
काठमाडौं
विद्यार्थीले हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्न पाउने व्यवस्था गरिने

सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाउने भएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने जनाइएको हो । 

'विद्यार्थीलाई कमाउँदै पढ्ने वातावरण दिइनेछ,' राष्ट्रपति पौडेलले भने, 'विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाइनेछ ।'

यस्तो व्यवस्था अमेरिका, अष्ट्रेलिया, कोरियाजस्ता धेरै विकसित देशहरूमा कायम छ ।

नेपालले पनि विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने र कमाउने सुविधा दिन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्