०३ साउन २०८३, आइतबार

धितोपत्र बोर्डको सुदृढीकरण र स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

बैशाख १९, २०८२
काठमाडौं
धितोपत्र बोर्डको सुदृढीकरण र स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले पुँजी बजारको क्षमता एवं पारदर्शिता वृद्धि गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ​धितोपत्र बोर्डको सुदृढीकरण गर्ने बताएका हुन् ।

यसका साथै स्टक एक्सचेन्जको पुनः संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शिता वृद्धि गरिने पौडेलले बताए । 

यसका साथै भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी, स्थानीय वित्तीय संस्थामार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्