२३ जेठ २०८३, शनिबार

पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु

बैशाख १९, २०८२
काठमाडौं
पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।​

काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।

'गाडीले नियन्त्रण गुमाएर खोँचमा खस्यो, चार बालबालिकासहित सबै आठ जनाको मृत्यु भयो,' उनले भने । उनका अनुसार दुर्घटनाको सही कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।​

उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेको र शवलाई नजिकैको अस्पतालमा लगियो अधिकारीले बताएका छन् ।

पाकिस्तानको पहाडी उत्तरी क्षेत्रहरूमा त्यस्ता दुर्घटनाहरूमा खराब सडक अवस्था र गति सामान्य कारकहरू हुन् ।

salt training

कमेन्ट गर्नुहोस्