२१ जेठ २०८३, बिहीबार

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

बैशाख २०, २०८२
काठमाडौं
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

रियालिटी टीभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप हुँदा कोच उदय सोताङको समूहका प्रतिस्पर्धी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

विजेता पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्