138 shares
बारामा माछा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
फेटा गाउँपालिका- ७ कुकुर भुक्का टोलस्थित माछा पोखरीमा डुबेर सोही ठाउँ बस्ने २७ वर्षीय मोतिममिया मंसुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शनिबार दिउँसो मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।