०९ असार २०८३, मंगलबार

रवीन्द्र मिश्र लगायतलाई रिहा माग गर्दै भएको रिले अनसनमा पुगे सुवेदी

बैशाख २०, २०८२
काठमाडौं
रवीन्द्र मिश्र लगायतलाई रिहा माग गर्दै भएको रिले अनसनमा पुगे सुवेदी

 रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् ।  रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्ने, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्ने भन्दै ऐक्यवद्धता जनाए ।

रिले अनसन दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजक राप्रपा ललितपुरले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।

झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्