१० असार २०८३, बुधबार

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

बैशाख २०, २०८२
काठमाडौं
‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

 देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ । 

अहिले विवाहमा खुवाइने भोजको शैली परिवर्तन भइसकेको छ । पार्टी प्यालेस केन्द्रित हुने गरेको भोजको वर्तमान समयमा नेपाली ग्रामीण समुदायमा प्रचलित जन्ते बाख्रो खुवाउने परम्परामा आधारित रहेर निर्देशक सिमोश सुनुवारले चलचित्र ‘जन्ते बाख्रो’ निर्माण गरेका ५न् । 

    चलचित्रमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज र चलनलाई प्रस्तुत गरिएको निर्देशक सुनुवारले जानकारी दिए । 

उनले चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गर्नाका साथै यसलाई नयाँ पुस्ताका लागि जानकारी हुने बताए । चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्