
पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ ।
क्याम्पसको स्ववियु चुनावमा कपालीले ९०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए ।
दीपककुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।
यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याउँदा नितिन पाण्डेयले ४८६ मत पाए । कोषाध्यक्षमा ५९२ मत ल्याएर प्रज्वल तामाङ विजयी भए ।