०४ असार २०८३, बिहीबार

‘राजनीति गरे अवकाश'

कात्तिक २०, २०७४
‘राजनीति गरे अवकाश'
ललितपुर, ६ माघ - बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछ' भन्ने लेख्ने भएको छ, आजको अन्नपूर्णले खबर छापेको छ ।sajha_1
पछिल्लो दुई वर्षमा एक सय ७२ जना कर्मचारीलाई सेवाबाट च्युत गरी ८३ जनामात्र रहेको साझालाई पहिलेकै अवस्थामा पुर्‍याउन करिब पाँच सय दक्ष जनशक्ति आवश्यक पर्ने भएको र नियुक्त गर्दा नै ‘राजनीति नगर्ने' र ‘काम गर्ने' कर्मचारी छनोट गर्ने भएको हो ।
देशको पहिचानसँग गाँसिएको भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनबाट मासिक तलब लिनेभन्दा संस्थालाई केही दिन्छु भन्ने युवा, उर्जाशील र बहुआयामिक व्यक्तित्वलाई कर्मचारीमा छनोट गर्ने अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्