०४ असार २०८३, बिहीबार

१० वर्षकी बच्चीले उठाइन् ६५ किलो वजन, बन्यो कीर्तिमान

मंसिर १५, २०७४
१० वर्षकी बच्चीले उठाइन् ६५ किलो वजन, बन्यो कीर्तिमान

काठमाडौं, १५ मंसिर — स्विडेनकी १० वर्षीया एक बालिका इन्दिरा लुंक्विस्टले आफ्नो तौलभन्दा धेरै बढी वजन उठाएर विश्व कीर्तिमान बनाएकी छन् । 

वेट लिफ्टिङमा ६५ किलोको भार उठाएर उनले सबैको मन जितिन् । 

इन्दिराले ७० किलोसम्मको तौल उठाउने विश्वास लिएकी छन् । तर यसका लागि उनले सुमो प्रविधि अपनाउनुपर्छ । आफू विश्वको सबभन्दा बलियो किशोरी बन्न चाहेको उनी बताउँछिन् । 

उनलाई वेट लिफ्टिङको सबै तालिम पिता डेनियल लुंक्विस्टले दिएका छन् । उनी सात वर्षकी हुँदादेखि नै वेट लिफ्टििङको प्रशिक्षण लिएकी हुन् । 

डेनियल आफैं पनि पावर लिफ्टर र फिजियोथेरापिस्ट हुन् । केही वर्षअघि उनले बच्चाहरूलाई तागत बढाउने प्रशिक्षण दिएका थिए र त्यसले ल्याएको परिवर्तनलाई अनुभव गरेका थिए । 

इन्दिराले जहिले पनि धेरै वजन उठाउने उत्सुकता देखाइन् र डेनियलले पनि उनलाई भारी तौल उठाउने प्रशिक्षण दिए । 

उनले जहिले पनि ढाडको सहायताले धेरै वजन उठाउने क्षमता विकास गरे ।

डेनियलका अनुसार, इन्दिराले उठाउनसक्ने तौल मात्र उनलाई उचाल्न दिइन्थ्यो । 

इन्दिराको इन्स्टाग्राम अकाउन्टमा वजन उठाएका तस्वीरहरू राखिएका छन् । उनका साढे चार हजारभन्दा बढी फलोअर छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्