१६ असार २०८३, मंगलबार

राष्ट्रपति पौडेलले गरे राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्‌घाटन​​

बैशाख २१, २०८२
लमजुङ
राष्ट्रपति पौडेलले गरे राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्‌घाटन​​

राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्‌घाटन​​ तथा उनको  शालिक अनावरणका गरेका छन् ।

उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका– ६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका छन् ।

साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरेका छन् । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मर्स्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो । 

राष्ट्रकवि माधव घिमिरेको जन्म विक्रम संवत् १९७६ असोज ७ गते लमजुङ जिल्लाको मर्स्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो ।

उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्