०१ असार २०८३, सोमबार

राजकुमार ह्यारीकी प्रेमिका मेघन मार्कलका पिता उनलाई अन्माउन उत्साहित

मंसिर १५, २०७४
राजकुमार ह्यारीकी प्रेमिका मेघन मार्कलका पिता उनलाई अन्माउन उत्साहित

काठमाडौं, १५ मंसिर — बेलायतका राजकुमार ह्यारीले बिहा गर्न छानेकी युवती मेघनका पिता टमस मार्कल मेक्सिकोमा बस्छन् । उनले ह्यारीलाई भेटेका छैनन् । तर ७३ वर्षीय मार्कल छोरी मेघनको बिहाका बखत समारोहमा उपस्थित भै बाबुको कर्तव्य पूरा गर्न इच्छुक छन् (…is keen to give away his daughter…)। 

मेघनकी आमा डोरिया –यागल्याण्ड (६१वर्षीय) टमसकी पूर्व-पत्नी हुन् ।

ह्यारीले चाहिं मेघनकी आमासित भेटेर छोरीको हात मागेको खबर लण्डनको टाइम्स पत्रिकाले छापेको छ ।

आमा-बाबु दुबैको तर्फबाट अर्की (विवाहित) छोरीले ह्यारी र मेघनको बिहा हुन लागेकोमा साह्रै खुसी व्यक्त गरेका छन् ।

टमस पहिले टेलिभिजनमा बत्ती-व्यवस्था मिलाउने निर्देशक भएर काम गर्थे । मेघनकी आमा योग प्रशिक्षक र समाजसेवी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्