'भ्वाइस अफ नेपाल' सिजन– ६ का विजेता प्रोशेष पाण्डेलाई शीर्ष प्रायोजक क्लोजअपले १ लाख पुरस्कार प्रदान गरेको छ ।
यो सिजनका उत्कृष्ट चार प्रतिस्पर्धी मध्ये रोशन राई, प्रमेश राई र अर्पणा आचार्यलाई पछि पार्दै उनी विजेता बनेका थिए । उनै विजेता पाण्डेलाई युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले पुरस्कार प्रदान गरेका हुन् ।
क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ ।
ताजगी र नजिकिने आत्मबलमार्फत मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव रहेको कम्पनीले जनाएको छ ।
'भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,' क्लोजअपका प्रतिनिधिले भने ।