१५ असार २०८३, सोमबार

बार्सिलोनालाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलमा

बैशाख २४, २०८२
काठमाडौं
बार्सिलोनालाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलमा

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनालाई समग्रमा इन्टर ७-६ ले हराउँदै इन्टर फाइनलमा पुगेको हो । बार्सिलोनामा भएको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४- ३ ले हरायो ।

निर्धारित ९० मिनेट ३-३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । 

पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । 

दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर, ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । 
इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । 

इन्टर अब पीएसजी र आर्सनलबीचको विजेतासँग फाइनल खेल्नेछ । 

बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पीएसजी खेल्नेछन् । पहिलो लेग पिएसजीले १-० ले जितेको थियो। फाइनल मे ३१ मा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्