
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर लडेका छन् ।
खुमलटारस्थित निवासमा गएराति लडेर अध्यक्ष प्रचण्ड सामान्य घाइते भएको माओवादी नेता लिलामणि पोखरेलले जानकारी दिए ।
उनको टाउकोमा सामान्य चोट लागेको छ । लडेर चोट लागेपछि उनलाई राति नै अस्पताल पुर्याइएको थियो ।
अहिले भने अस्पतालबाट निवास ल्याइसकिएको छ ।
'अध्यक्षज्यू लडेर सामान्य घाइते हुनुभएको हो,' लोकान्तरसँग उनले भने, 'अस्पताल पुगेर फर्किसक्नुभयो ।'