२९ जेठ २०८३, शुक्रबार

बारामा भएको मोटरसाइकल दुर्घटनामा काठमाडौंका उमेशको मृत्यु

बैशाख २८, २०८२
काठमाडौं
बारामा भएको मोटरसाइकल दुर्घटनामा काठमाडौंका उमेशको मृत्यु
प्रतिकात्मक तस्वीर ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बा.प्र.०२-०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंज, पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्