०५ साउन २०८३, मंगलबार

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

बैशाख २८, २०८२
काठमाडौं
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन् ।
 
आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् । 

यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।  आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्