१५ असार २०८३, सोमबार

पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्कीले तयार

बैशाख २९, २०८२
काठमाडौं
पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्कीले तयार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न आफू तयार रहेको बताएका छन् । बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पर्खाइमा हुने उनको भनाइ छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गर्दा उनले यो बयान दिएका हुन्।

"अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु," जेलेन्स्कीले एक्समा लेखेका छन्।

जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको बताइसकेका छन् । तर यसका लागि पहिलो शर्त युद्धविराम लागू हुनुपनर्ने उनको भनाइ छ । 

शनिबार राति, रूसी राष्ट्रपति पुटिनले युक्रेनलाई "गम्भीर वार्ता" को लागि आमन्त्रित गरेका थिए । 

रुस-युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्