२९ जेठ २०८३, शुक्रबार

रुकुम पश्चिममा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

बैशाख २९, २०८२
रुकुम पश्चिम
रुकुम पश्चिममा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो लु प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जीप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लीलामणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लीला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप ब्रेक फेल भएर ४०० मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्