२७ जेठ २०८३, बुधबार

जेठ ३ गतेदेखि आईपीएल पुनः सुरु हुने, फाइनल २० गते

बैशाख ३०, २०८२
काठमाडौं
जेठ ३ गतेदेखि आईपीएल पुनः सुरु हुने, फाइनल २० गते

भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) अब पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको परिमार्जित तालिकाअनुसार बाँकी खेलहरू जेठ ३ गते (१७ मे २०२५) बाट सुरु हुनेछन् भने फाइनल खेल जेठ २० गते (३ जुन २०२५) मा हुनेछ।

गत बिहीबार धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट रंगशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल चलिरहेका बेला पाकिस्तानबाट भारतीय भूमिमा भएको आक्रमणका कारण खेल तत्काल स्थगित गरिएको थियो। त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै बीसीसीआईले सरकार र सुरक्षा निकायहरूसँगको छलफलपछि बाँकी खेलहरूको तालिका पुनः तय गरेको हो।

परिमार्जित तालिकाअनुसार आईपीएलको पहिलो पुनः सुरु हुने खेल १७ मेमा बेंगलुरुमा रॉयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच हुनेछ। लिग चरणको अन्तिम खेल लखनउमा लखनउ सुपरजायन्ट्स र बेंगलुरुबीच हुनेछ।

यसपटक चयन गरिएका ६ स्थानहरूमा बेंगलुरु, दिल्ली, जयपुर, लखनउ, मुम्बई र अहमदाबाद रहेका छन्। यसअघि जयपुरमा कुनै खेल नहुने आशंका गरिए पनि अन्ततः जयपुरलाई पनि प्रतियोगिता स्थलमा समावेश गरिएको छ। प्लेअफ खेलहरू कुन स्थानमा हुनेछन् भन्ने जानकारी भने पछि सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्