०४ असार २०८३, बिहीबार

उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी बम प्रहार

मंसिर १६, २०७४
उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी बम प्रहार

धनुषा, १६ मंसिर - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ । 

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । 

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्