०१ असार २०८३, सोमबार

एकीकृत एनआरएनएका लागि खुला संवाद आवश्यक

बैशाख ३१, २०८२
काठमाडौं
एकीकृत एनआरएनएका लागि खुला संवाद आवश्यक

 ‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ बुधबार काठमाडौँमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीको नेतृत्वमा आयोजित एकदिने कार्यक्रममा एनआरएन समुदायका हित, पहिचान र सहभागितालाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल र ८ बुँदे निष्कर्ष प्रस्तुत गरियो।

कार्यक्रमले एनआरएनएभित्र देखा परेको विवाद तथा मतभेदलाई समाधान गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई सम्मान गर्दै सबै पक्षलाई धैर्य धारण गर्न आह्वान गरेको छ। साथै, एकीकृत एनआरएनएका लागि खुला संवाद आवश्यक रहेको भन्दै असन्तुष्ट पक्षहरूलाई संवादमा सहभागी हुन र एकताको भावना पुनः जागृत गर्न आग्रह गरेको छ ।


कार्यक्रममा आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन (सन् २०२५ अक्टोबर ११–१४) को तयारीमा एमआईएस प्रणालीमार्फत सदस्यता दर्ता प्रक्रिया तीव्र पार्ने र संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत गहन छलफल गरिएको छ।

ग्लोबल कन्क्लेभको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। संघको नेतृत्वमा विवाद भइरहेका बेला आयोजित उक्त कन्क्लेभको आयोजना अध्यक्ष बद्री केसी पक्षबाट गरिएको हो।

salt training

कमेन्ट गर्नुहोस्