०४ असार २०८३, बिहीबार

बनेपाको एउटा घरमा आगलागी, १२ लाखको क्षति

जेठ १, २०८२
काठमाडौं
बनेपाको एउटा घरमा आगलागी, १२ लाखको क्षति

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित रामेश्वर दाहालको घरमा भएको आगलागीमा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति साढे १ बजेतिर विद्युत सर्ट भई दाहालको दुईतले कच्ची घरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति साढे २ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

इँटाको पर्खाल र जस्ताको छानो भएको उक्त घरमा आगलागीका कारण घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा लगायतका सबै सामग्री पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय वा चौपायजन्य क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्