२६ जेठ २०८३, मंगलबार

राजधानीको चन्द्रागिरिमा आगलागी

जेठ १, २०८२
काठमाडौं
राजधानीको चन्द्रागिरिमा आगलागी

राजधानीको चन्द्रागिरि नगरपालिका वडा नं. ११ स्थित सतुङ्गल चोकमा रहेको एक कपडा पसल तथा कम्प्लेक्समा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी, दमकल र स्थानीय टोलिहरू परिचालन गरिएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमान्डमा २५ जना, थप १५ जना सहित जम्मा ४० जना खटिएका छन्। साथै प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) को कमान्डमा ३० जना सुरक्षाकर्मी परिचालित छन्।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ। काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाबाट १–१ वटा, नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट १ वटा, नेपाल आयल निगम थानकोटबाट १ वटा, जुद्ध बारुण यन्त्रबाट २ वटा र ललितपुर महानगरपालिकाबाट १ वटा गरी कुल ६ वटा दमकल आगलागी नियन्त्रणको कार्यमा सहभागी छन्।

हालसम्म मानवीय क्षतिको विवरण नआएको भए पनि आगलागीबाट ठुलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्