०६ असार २०८३, शनिबार
टेरामक्स भ्रष्टाचार प्रकरण

कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै सवा ३ अर्ब बिगो

जेठ १, २०८२
काठमाडौं
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै सवा ३ अर्ब बिगो

नेपाली कांग्रेस नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​

टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बस्नेतसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले बस्नेतसहितका प्रतिवादीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरेको छ ।

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

२०७४ सालको प्रतिनिधि सभा चुनावअघि सञ्चारमन्त्री रहेको समयमा बस्नेतले टेरामक्स खरिदको निर्णय गरेका थिए । २०७९ सालको चुनावमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

बस्नेतका अलावा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई पनि समान बिगो कायम गरिएको छ ।

यस्तै, प्राधिकरणका सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि संयुक्त रूपमा माथि उल्लेखित बिगो नै तोकिएको छ ।

यसका अलावा प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रलाई पनि संयुक्त रूपमा ३ अर्ब २१ करोडभन्दा बढी बिगो तोकिएको छ ।

यसैगरी प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा र दीपेश आचार्य तथा उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यसका अलावा परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन र सोका मुख्य व्यक्ति जमाल अनोति तथा उक्त कम्पनीको लोकल एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि, काठमाडौंका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्