२९ जेठ २०८३, शुक्रबार

मतदाताले भने : दलहरूको हारजीत आफ्नो ठाउँमा छ, तर हाम्रो मत खेर जाँदैन

मंसिर १७, २०७४
मतदाताले भने : दलहरूको हारजीत आफ्नो ठाउँमा छ, तर हाम्रो मत खेर जाँदैन

काठमाडौं, १७ मंसिर – प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित आयोजना गरेको मतदाता शिक्षा सचेतना अन्तरक्रिया कार्यक्रम लिएर हामी काटेश्वरको महादेवस्थानमा पुग्यौ ।

मध्याह्नको पारिलो घाम, नजिकै रहेको महादेव मन्दिर र फराकिलो स्थान भएकाले पनि त्यहाँ मनिसको चहलपहल देखिन्थ्यो । मन्दिर नजिकै केही वृद्धहरू टेबलमा बसेर घाम ताप्दै कुराकानी गरिरहेका थिए । वृद्धाहरू कुराकानी गरिरहेको ठाउँबाट दाहिनेपट्टि सडकपारि केही महिलाहरू सालको पातको दुनाटपरी गाँस्दै थिए । 

लोकान्तरको समूह महादेवस्थान मन्दिरको प्रवेशद्वारमा मतदाता शिक्षा कार्यक्रमको तयारीमा जुटे । म भने मन्दिर परिसरबाट घाम ताप्दै कुराकानी गरिरहेका वृद्धहरू तर्फ लागे । वृद्धहरू चुरोट तान्दै चुनावी कुरा गर्दै रहेछन् । म पनि उनीहरूसंगै बसेर कुराकानी गरे । 

‘ मैले २०१५ साल देखि नै भोट हाल्दै आएको हो, भोट हाल्न  पहिला त सजिलो थियो अहिले अलि अप्ठ्यारो छ । लोकान्तरसंगको कुराकानीमा कोटेश्वरका भोला गेलालले भने,‘ पहिला एउटा मात्रै टिकट खसाल्न पर्थौ । अहिले त धेरै उम्मेदवार भए, मतपत्र पनि ठूलो हुन्छ ।’

उनले मतपत्रमा छाप नबिग्रने गरी छाप लगाउन पर्छ भन्ने ज्ञान भएपनि आगामी चुनावको मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र कसरी पट्याउने भनेर राम्रोसंग जानकारी नभएको बताए । उनीसंगै रहेका मानबहादुर रोक्काले थपे,‘ अहिले तीन चार थरि मतपत्र हुन्छ अरे, हामी राम्रोसंग हेरेर मत खेर नजाने गरी हाल्छौं । दलहरूको हार जित आफ्नो ठाउँमा छ, तर हाम्रो मत खेर जादैन ।’

एकै ठाउँमा जम्मा भएर चुनावी कुरा गरीरहेका वृद्धहरूले नेताहरू भोट माग्ने काम बाहेक केही नगरेको गुनासो गरे ।  

‘भोट माग्न आउँदा त जे पनि भन्छन्, रोक्काले असन्तुष्टी पोख्दै भने ‘भोट हालेर जितायो सरकारमा गएपछि घरमा आउँदा पनि गार्ड लिएर आउँछन् । आफ्नो घरभित्र पस्छन्, हामीलाई फर्केर पनि हेर्दैनन् ।  ’ 
उनको कुरा सहमति जनाउदै गेलालले पनि थपे,‘ अहिले त भोट माग्न आएको आइ छन्, भोट दिनुस्, विकास गछौं,  देश बनाउछम भन्छन्, उनीहरूले भन्ने मात्रै हुन् । भोट दिने खालको कुनैपनि छैनन् । हामीले १५ साल देखि भोट हाल्दै आएको त हो नि खै के भएको छ र  ?

कुराकानी पछि वृद्धहरू मतदाता शिक्षा कार्यक्रम तर्फ लागे । 

म भने सडक पारीपट्टि पात गाँस्दै गरेका महिलाहरूसंग कुराकानी पुगे । सडक छेउको पारिलो घाम ताप्दै पात गाँस्दै गरेकी सारदा सुवेदीले आफ्नो घर झापा भएको बताइन् । उनले भनिन् ‘उहाँ बसोबार मात्रै हो नामावली त झापामा छ । झापामा चुनाव २१ गते छ । घरमा सल्लाह हुदै छ । भोट हाल्न जान्छौं होला ।’

स्थानिय तहको चुनावमा त झापा गएर भोट हालेर आएको बताउदै उनले प्रदेश र  प्रतिनिधि सभाको निर्वाचनमा हुने मतपत्रको विषयमा भने त्यति जानकारी नभएको बताइन् ।
उनीसंगै रहेकी झापाकै लक्ष्मी खतिवडाले पनि भोट हाल्न कसैले नसिकाएको बताइन् । ‘ सुन्न चै सुनेको छु । भोट हाल्ने मतपत्रहरू पहिला भन्दा फरक र धेरै छन् भनेर तर भोट हाल्न कसैले सिकाएको छैन । अहिलेसम्म जानेको छैन । ’

रोजगारीको सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सुवेदी र खतिवडा जस्तै धेरै मतदाताहरू चुनावको समयमा घर जाने तयारीमा छन् तर उनीहरूले राम्रोसंग मतदाता शिक्षा भने पाएका थिएनन् । 
लोकान्तरल संचारले मतदाता शिक्षा आयोजना गरेको बताएपछि उनीहरू खुसी हुदै कार्यक्रम स्थाल तर्फ लागे ।

कार्यक्रममा कोटेश्वरमा रहेका वृद्धवद्धा तथा महिलाहरूको बाक्लो सहभागिता थियो । कार्यक्रममा मतदाताहरूलाई निर्वाचन सामाग्री तथा नमस्ना मतपत्रको प्रयोग गर्दै मत बदर नहुनेगरी मतदान गर्ने विधिबारे जानकारी गराइएको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रयोग हुने तीनवटा मतपत्र, मत हाल्ने प्रक्रिया, स्वस्तिक छापको प्रयोग लगायत भोट हाल्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनदा मतदाताहरू उत्साही भएका थिए ।

सहभागीहरूले नबुझोका विषयमा प्रश्न गर्दै मतदाता शिक्षा दिए ।

कार्यक्रम पछि कुराकानी गर्दै स्थानिय मतदाता देवेन्द्र प्रसाद तिमल्सिनाले लोकान्तरसंग भने,‘ भोट त पहिला पनि हालेको हो । तर पहिला पहिलाको भन्दा यो चुनावबमा मतपत्र फरक छ । अहिले त मतपत्र पनि धेरै रैछन् । ‘ अहिले मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने,कसरी पट्याउने भनेर सिकियो, अब मेरो मत कुनै हालतमा बदर हुदैन । मेरो घरमा जहान, छोरा बुहारीहरू पनि छन् म अब उनीहरलाई पनि सिकाउन सक्छु ।’

विगतमा भएका विभिन्न निर्वाचनमा भोट दिएका वृद्धाहरू पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्ने तरिका सिक्न पाउँदा खुसी भएका थिए ।

‘पहिला पहिला भोट हाल्न धेरै सजिलो थियो । एउटा मात्रै मतपत्र हुन्थ्यो, एउटामा छाप लगाए पुग्थ्यो । अहिलेको निर्वाचनमा ३ ओटा मतपत्रको ४ ठाउँमा भोट दिनुपर्ने रैछ ।’ कोटेश्वरकै ८४ वर्षिया कमल बहादुर पौडेलले भने, ‘यहाँ राम्रोसंग सिक्न पाए । अब सजिलैसंग भोट हाल्न सक्छु ।’

‘ अहिले त राम्रोसंग बुझिने गरी सिकियो नि । यसरी त पहिला सिकाएको थिएनन् नि । ९१ वषको भए अन्तिम पटक होला भोट हाल्ने पनि ।’ पौडेलसंगै रहेका प्रभूरायण श्रेष्ठले हास्दै आफ्नो कुरा राखे ।

‘ प्रतिनिधि र प्रदेश सभाको मतपत्रको विषयमा जानकारी भएपनि समानुपातिक तर्फको मतपत्रको विषयमा केही अन्यौंलता रहेको थियो । कार्यक्रममा सहभागी भएकी सरीता खनालले भनिन्, आज प्रष्टसंग बुझे । हामीलाई घरदैलोमा आउनेहरूले  पनि एउटा मतपत्रमा दुईओटा छाप भनेर सिकाएका थिए । यो एउटैमा हाल्ने कि तलमाथि हाल्ने भन्ने विषयमा अलि बुझेको थिइन् । अहिले राम्रोसंग बुझै । 

उनले धेरै मानिसहरूसमानुपातिकको मतपत्रमा मतदान गर्ने तरिका राम्रोसंग बुझेको भन्दै यस विसयमा अरुलाई पनि जानकारी गराउने बताइन् ।

लोकान्तर सञ्चार प्रालिले आयोजना गरेको मतदता शिक्षा सचेताना कार्यक्रममा मतदाताहरूले नमुना मतपत्रको सहायताले आफैले मत बदर नहुने गरी मत संकेत गर्न र मतपत्र पट्याउन समेत प्रयास गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्