२५ जेठ २०८३, सोमबार

बालेनद्वारा ४ वटा समितिका संयोजकको जिम्मेवारी हेरफेर

जेठ १, २०८२
काठमाडौं
बालेनद्वारा ४ वटा समितिका संयोजकको जिम्मेवारी हेरफेर

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । 

 काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ । 

यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए ।

 अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएको महानगरपालिकाले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्