१८ असार २०८३, बिहीबार

खराब मौसमका कारण झ्याप झ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन- प्राधिकरण

जेठ २, २०८२
काठमाडौं
खराब मौसमका कारण झ्याप झ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन- प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नभएको प्रस्ट पारेको छ । बिहीबार बेलुका विद्युत आपूर्तिमा केही समस्या भएपछि लोडसेडिङ शुरू गरेको भन्दै आलोचना हुँदा प्राधिकरणले यसबारे प्रस्ट पारेको हो ।

हावाहुरीले ढल्केबर-मुज्जफ्फरपुर डबल सर्किट लाइनको दुवै सर्किटमा एकसाथ देखिएको समस्याका कारण बिहीबार झ्याप झ्याप बत्ती गएको प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलनमार्फत् प्रस्ट पारेको छ ।

बिहीबार बेलुका करिब ५:३५ देखि ढल्केबर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीका कारण विद्युत अचानक अवरुद्ध हुन पुगेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।  ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एकसाथ देखिएको समस्याका कारण सो लाइनमार्फत् आपूर्ति हुँदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको शाक्यले बताए ।
 
उक्त प्राविधिक समस्यालाई लोडसेडिङ भन्दै भ्रम नछर्न उनले आग्रह गरे । उनले बिहीबारको विद्युत आपूर्तिमा देखिएको प्राविधिक समस्यालाई प्राधिकरणले गम्भीर रूपमा लिएको समेत बताए । 

शाक्यका अनुसार दुवै सर्किटमा आएको समस्या तत्काल समाधान नभएकोले नेपालको मात्र प्रणाली सञ्चालन गरि विद्युत आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर, बेलुकाको समयमा बढेर आउने लोडका कारण स्थिर आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो ।

null

‘रक्सौल– परवानीपुर, मैनैया– सम्पतिया, कुशहवा – कटैया १३२ केभी लाइनहरूमार्फत् नेपालतर्फको विद्युतगृह सञ्चालन गरि आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको थियो । मागभन्दा कम उत्पादनका कारण सिस्टम स्टेबल नभइ लाइन ट्रिपिङ् भइ विद्युत प्रणाली सञ्चालन गर्न सकिएन’, उनले भने, ‘बेलुका ८:८ मा ढल्केबर मुज्जफ्फरपुर ४०० केभी लाइनको समस्या समाधान भइ उक्त लाइनका सर्किट २ सञ्चालनमा आएपश्चात क्रमिक रूपमा देशको सबै स्थानमा आपूर्ति व्यवस्था सहज हुँदै गएको थियो । तर, ढल्केबर पश्चिमको १३२ तथा अन्य १३२ तथा ३३ र ११ केभी लाइनको फिडरहरूमा समेत रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुर्‍याएका कारण सबै क्षेत्रमा एकै समयमा विद्युत आपूर्ति भएको थिएन ।’

प्रणालीमा समस्या भएपश्चात् कार्यकारी निर्देशक शाक्य आफैं विद्युत प्रणाली सञ्चालन विभाग स्युचटार पुगेका थिए । 

‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी अब इन्भर्टर र मैन बत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको र अब नेपालमा पुन: लोडसेडिङ शुरू हुने दिन आउँदै नआउने ब्यहोरा आमउपभोक्तालाई जानकारी गराउन चाहन्छौं’, कार्यकारी निर्देशक शाक्यले भने ।

null

‘विद्युत प्रणालीमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि हामी प्रतिबद्ध रहेका छौं’, उनले थपे, ‘आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइ कार्य गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्