०१ असार २०८३, सोमबार

लुम्बिनीमा कार दुर्घटना, दुई जनाको मृत्यु

जेठ २, २०८२
बुटवल
लुम्बिनीमा कार दुर्घटना, दुई जनाको मृत्यु

हुलाकी राजमार्ग अन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा  पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो । 

भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको भारतीय यूपी ५३ डीएक्स ५२१४ नम्बरको कार एकआपसमा ठोकिएर दुई जनाको मृत्यु रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी सुरज कार्कीले जानकारी दिए । 

मृतक भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य रहेको आधार कार्डबाट खुलेको छ । अर्का एक जना मृतकको नाम ठेगाना खुलेको छैन । 

घाइते कार चालक भारत जिल्ला अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा रहेका छन् । पिकअपमा चालकसहित सवार पाँच जना सामान्य घाइते छन । दुर्घटना बिहीबार राति १२ बजेतिर भएको डीएसपी कार्कीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्